![]()
काठमाडौं। राष्ट्रिय जनता पार्टी(राजपा)को संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन्। राजपा संसदीय दलको बैठकले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय भएको हो।
यसअघि ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको बीचमा संसदीय दलको नेता को भन्ने विषयमा सहमति जुट्न सकेको थिएन। अध्यक्ष मण्डलका अन्य ३ सदस्यहरु महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झा संसदीय दलको नेताका लागि ठाकुरको पक्षमा उभिँदै आएका थिए। उता अर्का सदस्य शरदसिंह भण्डारीले भने महतोको पक्ष लिइरहेका थिए।
संसदीय दल नेता चयनको मिति नजिकिँदै जाँदा ठाकुर र महतो दुवैले कसरत गरिरहे पनि अन्ततः ठाकुरकै पक्षमा सहमति जुटेको हो।


