![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले टरिजा मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको दाबी गरेका छन्।
‘मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन,’ ट्रम्पले द सन पत्रिकाको शुक्रबारको अन्तवार्ता संस्करणमा भनेका छन्।
बेलायतको युरोपेली युनियन (इयु) बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेको भन्दै लण्डनमा ट्रम्पको बिरोधमा प्रदर्शन भएको थियो ।


