![]()
एजेन्सी ।बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनास अहिले मिडियामा छाइरहेका छन् । खबरहरुका अनुसार प्रियंका र निक एक अर्कासँग डेटिङ गरिरहेका छन् ।
पछिल्लो समयमा दुवैलाई कयौं पटक एकसाथ देखिन थालिएको छ । कैयौं पटक दुवैले साथमा समय बिताएको देखेर यी दुईबीच केही चलिरहेको अनुमान हलिउडका मिडियाले लगाउँदै आएका छन् ।
यस किसिमका खबरहरु आए पनि प्रियंका र निकले कुनै प्रतिक्रिया जनाएका छैनन् । तर सामाजिक सञ्जालहरुमा एक अर्काको फोटोहरुमा कमेन्ट भने गरिरहेका छन् । उनीहरुको यस किसिमको क्रियाकलापले दुवैले एक अर्कालाई डेट गरिरहेको सजिलै अनुमान गर्न सकिन्छ ।
हालै प्रियंका निककाे हात समाउँदै निकका दाईको विवाहको कार्यक्रममा उपस्थित भएकी थिइन् ।


