![]()
हेटौंडा । हेटौंडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा बिभिन्न जिल्लाका सभापतिहरुले आ–आफनो सुझाव दिनेक्रम जारी छ । यसैक्रममा, नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले पार्टीको बिद्यमान अवस्था र अबको बाटो पहिल्याउँदै भेलामा आफनो सुझाव पेश गरेका छन ।
सभापति केसीले पेश गरेको सुझावमा चुनावमा हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने, पार्टीमा भएको बेथीतिलाई पार्टी नेतृत्वको यो रवैयाले थितिमा ल्याउन नसक्ने, प्रदेश कमिटी निर्माण हुँदा नयाँ मान्छे आउनुपर्ने, चीरा परेको कांग्रेसलाई मनैदेखि जोड्नुपने लगायतका बिषय समेटिएका छन ।



