![]()
बीबीसी । भारतको जम्मू–कश्मीर राज्यमा भारतीय जनता पार्टी(बीजेपी)– पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) गठबन्धन टुटेपछि राज्यपाल शासन लगाइएको छ ।
भारतीय राजनैतिक इतिहासमा पछिल्लो ४० वर्षमा कश्मीरमा आठौँ पटक राज्यपाल शासन लगाइएको छ । बीजेपीले समर्थन फिर्ता लिएपछि पीडीपीबाट मुख्यमन्त्री बनेकी मेहबूबा मुफ्तीले राजीनामा दिएकी छिन् ।
वर्तमान राज्यपाल एनएन बोहराकै कार्यकालमा कश्मीरमा चौथो पटक राज्यपाल शासन लगाइएको छ । वोहरा २५ जुन २००८ मा जम्मू–कश्मीरको राज्यपाल बनेका थिए । मंगलबार बीजेपीले जम्मू–कश्मीरमा कट्टरपन्थी तथा चरमपन्थीहरुको बढ्दो हिंसाका बीच सरकारमा बसिरहन उपयुक्त नभएको जनाएको थियो । बुधबार बीजेपीले तीन वर्षदेखि सत्ता गठबन्धनबाट फिर्ता हुने घोषणा गरेको थियो ।


