Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा)को महाधिवेशन आउँदो बैसाख ७ देखि ९ गतेसम्म हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा असार ४ गतेदेखि बसेको तीन दिने राजनीतिक समितिले महाधिवेशनको मिति तय गरेको हो ।

बैठकले एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने पार्टीको विधानको धारा २२ उपधारा १० लाई संशोधन गरिएको निर्णय निर्वाचन आयोगलाई पठाउने निर्णय समेत गरेको छ ।

साथै आउँदो २१ गते पुनः राजनीतिक समितिको बैठक बस्ने निर्णय भएको छ ।  बैठकले ३ सदस्यिय विधान परिमार्जन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।

मधेस केन्द्रित ६ दल मिलेर गत वैशाखमा गठन भएको राजपा दल दर्ताका क्रममा निर्वाचन आयोगमा बुझाइएको विधानमा एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed