![]()
एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति शि जिन पिङबीच भेटवार्ता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति शि र ओलीबीच ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।
राष्ट्रपति शिसँगको भेटवार्ता अघि प्रधानमन्त्री ओलीले तियानमेन स्वायरमा रहेको सहिद स्मारकमा माल्यार्पण गरेका थिए । झण्डै एक घण्टासम्म चलेको भेटवार्तामा राष्ट्रपति शिले नेपालको विकास र सम्मृद्धिका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भेटमा नेपालको विकासमा चीनले खेल्नुपर्ने भुमिकामा कुनै कमी आउन नदिई नेपाललाई सधैँ चीनको साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले नेपालले तय गरेको समृद्धिको मार्गमा सहयोग र सहकार्य गर्दै आर्थिक विकासको लक्ष्य हासिल गर्नुपर्ने बताएका थिए ।
चिनियाँ राष्ट्रपति शीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गरेका छन् । साथै नेपालको भौगोलिक अखण्डतालाई अक्षुण राख्न चीनको साथ रहने बताएका छन् ।
दुई नेताबीच चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (ओबर) अन्तरगत अगाडि बढाइने विकासे परियोजना, दुई देशबीचको सम्वन्धबारे पनि छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई पाँच वर्षको लागि पुनः निर्वाचित भएकोमा बधाई समेत दिनुभएको थियो । दुई शीर्ष नेताबीचको भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय वार्ता थियो ।


