Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मूल्यबृद्धिबिरुद्ध हेटौंडामा नेबिसंघको ‘सडक बहस’

Loading

हेटौंडा । सरकारले पेट्रोलिय पदार्थमा गरेको मूल्यबृद्धिबिरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेबिसंघले हेटौंडामा सडक बहस गरेको छ ।
पार्टीको जिल्ला सभापतिहरुको भेला हेटौंडामा जारी रहेकैबेला नेबिसंघले पनि हेटौंडामै सडक बहस गरेको हो । ने.वि.संघ मकवानपुरले आयोजना गरेको बहस कार्यक्रमलाई केन्द्रीय अध्यक्ष नैन सिंह महर, महामन्त्री सरोज थापा तथा नेबिसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा लगायतले सम्बोधन गरेका थिए ।

सरकारले केहि दिन अगाडि पेट्रोलियम पदार्थको मूल्य केही घटाएपनि त्यो पर्याप्त नभएको उनीहरुको भनाइ थियो ।
‘एकै महिनामा पाँच पटक मूल्यबृद्धि गर्ने, जनताको ढाड सेक्ने, अनि आफू भ्रष्टाचार र कमिशनमा डुबिरहने । मूल्य घटाइहाल्यौं नी भनेर देखाउन दुई रुपैयाँ घटाइ जनताको नजरमा छारो हाल्ने । यो प्रवृती अब चल्न सक्दैन  ’ अध्यक्ष महरले भने ।

महामन्त्री सरोज थापाले नेबिसंघ दोस्रो चरणको आन्दोलनमा रहेको जानकारी दिंदै भने, ‘ आन्दोलनको अवमूल्यन गर्न खोजिएको छ । ओली सरकारलाई महङ्गो पर्न सक्छ । समयमै मूल्य नघटाए आन्दोलनले जुनसुकै रुप पनि लिनसक्छ । ’

दोस्रो चरणको आन्दोलन अन्तर्गत संघले असार ८ गते नेपाल आयल निगमका कार्यालयहरु घेराउ गर्ने, असार १० गते प्रदेश मुकामहरुमा विरोध सभा र मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने, असार १२ गते मध्यान्ह १२ बजे ५ मिनेट देशैभरी आ–आफ्ना सवारी साधनहरुको हर्न बजाई सरकारको चेत खुलाउने कार्यक्रम तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed