Breaking News.... EverestOnlineKhabar
June 24, 2026

वैदेशिक रोजगारीमा जाने कामदारका लागि ‘शुभयात्रा एप’

Loading

काठमाडौं। वैदेशिक रोजगारीमा जाने कामदारलाई सूचना प्रवाह गर्ने उद्देश्यले शुभयात्रा एप्लिकेशन सञ्चालनमा ल्याइएको छ। प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले  अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) सहयोगमा शुभयात्रा एप सञ्चालनमा ल्याएको हो।

वैदेशिक रोजगारीमा जाने र फर्किने कामदारलाई आवश्यक पर्ने सूचना संकलन गरेर एपमा राखिएको पिएनसिसीका अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए। यो एपबाट वैदेशिक रोजगारीका विषयमा धेरै जानकारी पाउने सकिने उनको भनाइ छ।

सरल, सुरक्षित वैदेशिक रोजगारीमा जान आवश्यक कागजात, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार सम्बन्धी ऐन कानुन, कूटनीतिक नियोगको सम्पर्क नम्बर, सम्बन्धित मन्त्रालय तथा निकायको नम्बर र वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्दा कसरी उद्धार हुन्छ भने विषयलाई एपमा समेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed