Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

 एजेन्सी । प्रदेश ४ का चार जिल्लामा इन्टरनेट चलाउन प्रयोग हुने अत्यधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ। हाल ८० ठाउँबाट ‘थ्रिजी’ सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ। गत वर्ष जम्मा २१ ठाउँमा मात्र ‘थ्रिजी’ सेवा उपलब्ध गराइएको थियो।

सबैभन्दा बढी बागलुङका ४० ठाउँबाट सेवा दिइएको टेलिकमको बागलुङ कार्यालयले जनाएको छ। यस्तै, म्याग्दीमा १६, पर्वतमा १४ र मुस्ताङमा १० स्थानमा सेवा पुगेको छ। सेवा विस्तारले चारै जिल्लाका अधिकांश क्षेत्रमा ‘थ्रिजी’ को पहुँच पुगेको छ। हाल रहेको ‘टुजी’ सेवालाई पनि स्तरोन्नति गरी सेवा दिइएको कार्यालयले जनाएको छ ।

टेलिकमले ग्राहकको माग र डाटाको खपत पनि बढी हुने ठाउँमा ‘थ्रिजी’ सेवा विस्तार गर्ने गरेको छ। ‘थ्रिजी’ सेवाले डाटा र भ्वाइस दुवैमा सुधार आएपछि ग्राहक पनि सन्तुष्ट भएको टेलिकमले दावी गरेको छ। ‘थ्रिजी’ नभएको ठाउँमा पनि ‘टुजी’ सुधार गर्दा सेवा प्रभावकारी बनेको टेलिकमको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.