![]()
काश्की । यति एयरलाइन्सको जहाज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट पोखरा पुगेको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा हाइड्रोलिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको थियो ।
पोखरा विमानस्थलमा अवतरण हुने क्रममा जहाज चिप्लिएको हो । जहाजमा चालक सहित ३३ यात्रु सवार थिए । लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहेको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो ।


