Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ट्रम्पका निर्वाचन अभियानका पूर्व अध्यक्ष मानाफोर्टलाई नजरबन्दमा राख्न अदालतको आदेश

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका पूर्वअध्यक्ष पाउल मानाफोर्टले साक्षीहरूलाई प्रभावित तुल्याउन खोजेको आरोपमा नजरबन्दमा राख्न संघीय अदालतले आदेश दिएको छ।

वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश बर्मन ज्याकसनले मानाफोर्टलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनी अलेक्सान्ड्रिया, भर्जिनीयामा रहेको आफ्नो निवासमा नजरबन्दमा रहनुपर्ने भएको  छ।

‘यो मुद्दामा क्षति भनेको न्याय प्रशासनमा क्षति हो र सम्पूर्ण न्याय प्रणालीको सदाचार्यतामा नै क्षति हो’, ज्याकसनले बताए। ज्याकसनले भने,‘यो विद्यालय होइन। म उनको मोबाइल फोन लिन सक्दिन। मैले यसबारे धेरै पहिले सोचेको थिएँ।’

सम्पत्ती शुद्धिकरण तथा कर छलीको आरोपमा अनुसन्धानको दायरामा रहेका मानाफोर्टमाथि ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपका विषयमा समेत दोषी भएको आरोप लगाइने गरिन्छ।

मानाफोर्टमाथि विभिन्न सात फौजदारी आरोपका मुद्दा वासिंगटनको संघीय अदालतमा दायर भएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले मानाफोर्टमाथि लगाइएका आरोप अनुचित भएको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.