Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सम्बन्ध बिग्रिएको भ्रम चिर्दै कोइराला दाजुभाईबीच भेटवार्ता : पार्टी जोगाउन गम्भीर छलफल

Loading

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला र डा. शेखर कोइरालाबीच सम्बन्ध बिग्रिएर बोलचाल नै नभएको खबर यसअघि सार्वजनिक भएका थिए । पार्टीको भावी नेतृत्व कसले सम्हाल्ने बिषयमा दुई भाईबीच हानाथाप भएपछि सम्बन्धमै अशर परेको दाबी गरिएको थियो । यो खबर सत्य होइन भन्ने पुष्टि दुई दाजुभाईले आपसी छलफल गर्दै संयुक्त फोटो पनि सार्वजनिक गरेका छन ।

दुई दाजुभाईको महामन्त्री कोइराला निवास टोखामा भेटवार्ता भएको हो । दुईबीच पार्टी्भित्र पछिल्लो समय बढ्दै गएको गुटबन्दीबाट पार्टीलाई कसरी जोगाउने भन्नेबारे लामो छलफल भएको जनाइएको छ ।

कांग्रेसभित्र महामन्त्री कोइरालाले आफू गुटबन्दीको अन्त्य र पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका छन्। यता डा. शेखरले पनि गुटको विरोध गर्दै आएका छन्। गुटबन्दीकै विषयलाई लिएर शेखरले सभापति शेरबहादुर देउवाको कार्यशैलीको कडा आलोचना गर्दै आएका छन्।
महामन्त्री शशांकले देउवाकै पक्ष लिएको भन्दै आरोप लागिरहेको बेला दुबै नेता फरकफरक कित्तामा उभिएको देखिन्छ। तर, यी दुई नेताले आफूहरु फरकफरक कित्तामा नरहेको दाबी गर्दै बेलाबेला यस्तो भेटघाट गर्दै आएका छन्।

कांग्रेसको भावी सभापतिका रुपमा हेरिएका शशांक र शेखरबिच पारिवारिक भेटघाट नै भए पनि यसलाई कांग्रेसभित्र महत्वका साथ हेर्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.