![]()
एजेन्सी । विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराएको छ । समूह सीको पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियामाथि संघर्षपूर्ण जित निकालेको हो । विश्वकपको उपाधि दावेदार र युवा खेलाडीहरुले भरिएको सन्तुलित टिम मानिएपनि फ्रान्सको प्रदर्र्शन शक्तिशाली हुन सकेन ।
खेलको पहिलो हाफ अष्ट्रेलियाले गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो हाफमा अष्ट्रेलियाली खेलाडीले फ्रान्सका फवार्ड एन्टोनी ग्रिजम्यानलाई फल गर्दा रेफ्रीले पेनाल्टी दिएका थिएनन् । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) रिभ्यूले फ्रान्सलाई पेनाल्टी दिलायो । विश्वकपमा पहिलो पटक भीएआर प्रयोग गरिएको हो ।
फ्रान्सको अग्रता धेरैबेर टिक्न सकेनन् । उम्टिटीले हाण्ड गरेपछि पाएको पेनाल्टीमा जेडिकनले बराबरी गोल गरे । बराबरीपछि फ्रान्स निकै दबावमा आएको थियो ।
तर, ८० औं मिनेटमा पल पोग्बाले गोल गरे । उनको प्रहार बारमा लागेर गोलमा परीणत भएको थियो । यसमा पनि रेफ्रीले सुरुमा गोल दिएका थिएनन् तर, गोललाइन प्रविधिबाट गोल देखिएपछि पोग्बाको गोललाई मान्यता दिइयो ।


