![]()
काठमाडौं । विश्वकपमा पोर्चुगललाई समर्थन गर्ने युवाको समूहले शनिबार बिहान पशुपति मन्दिर परिसरमा सफाइ कार्यक्रम गरेका छन् । झण्डै १ सयको संख्यामा रहेका पोर्चुगल समर्थक युवाको समूहले पशुपति मन्दिर परिसरमा सरसफाइ गरेको हो ।
युवराज भुसाल, राजन भुसाल लगायतको नेतृत्वमा सरसफाइ कार्यक्रम भएको हो ।
पोर्चुगलका समर्थक्हरुले आगामी दिनमा यस्तै समाजिक तथा सिर्जनात्मक कार्यक्रममार्फत नै समर्थनको नयाँ शैली खोजिने बताएका छन् ।


