![]()
एजेन्सी,जेठ ।
विश्वकपको तयारीमा रहेको बेल्जियमले जित हात पारेको छ । सोमबार भएको मैत्रीपूर्ण खेलमा बेल्जियमले कोष्टारिकालाई ४–१ गोलअन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले २, ड्राइज मेर्टेन्स र मिची बाट्शुयायीले समान १–१ गोल गरे । त्यस्तै, कोस्टारिकाका लागि ब्रियन रुइजले गोल गरे ।
सुरुवाती अग्रता भने कोष्टारिकाले लिएको थियो । खेलको २४ औं मिनेटमा रुइजले गोल गर्दै कोष्टारिकालाई अग्रता दिलाएका थिए । तर खेलको ३१औं मिनेटमा मेर्टेन्सले गोल गर्दै बेल्जियमलाई बराबरी दिलाएका थिए । त्यस्तै, खेलको ४२ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको बेल्जियमले दोस्रो हाफमा पनि २ गोल ग¥यो । खेलको ५० औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ३–१ गोलअन्तरमा पु¥याएका थिए । खेलको ६४औं मिनेटमा बाट्शुयायीले गोल गर्दै बेल्जियमलाई ४–१ गोलको जित दिलाए ।


