Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ट्रम्प र किमबीच चार बुँदे सम्झौता : सहमतिपत्रमा के छ?

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चार बुँदे ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सिंगापुरमा भएको वार्तापछि कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउनुका साथै अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापित गर्न दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयां सम्बन्धको पनि वाचा गरेको छ। ‌

 ट्रम्प-किम घोषणापत्रका मुख्य चार बुंदाको भावानुवाद यसप्रकार छ:

१। संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयां अमेरिकी-उत्तरकोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन्।

२। संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्राय:द्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकतावद्ध तुल्याउनेछन्।

३। सन् २०१८ को एप्रील २७ तारिखमा भएको पाममुनजम घोषणापत्रप्रति समर्थन जनाउंदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्राय:द्वीपको पूर्ण परमाणु निशश्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ।

४। संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरुको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषहरुलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउंदछन्।

अमेरिका–उत्तर कोरिया वार्ता यस प्रकारको इतिहासकै पहिलो भएको र यसले दशकौंदेखि दुई देशबीच चलिरहेको द्वन्द्व र शत्रुतालाई अन्त्य गर्दै सम्बन्धका नयाँ आयामहरु खोलेका कारण यस दुई पक्षीय सम्झौताका बुँदाहरु पालना गर्न राष्ट्रपति ट्रम्प र नेता किम पूर्ण रुपमा कटिबद्ध रहने छन्।

यस शिखर वार्ताका सम्झौताहरुलाई अगाडि बढाउनका लागि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता हुने र अमेरिकाको तर्फबाट सो वार्ताको नेतृत्व विदेशमन्त्री माइक पोम्पेओले गर्न र उत्तर कोरियाका तर्फबाट उपयुक्त उच्च अधिकारीले छिट्टै मिति तय गरेर वार्ता हुने छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन दुवै अमेरिका र उत्तर कोरियाबीचको नयाँ सम्बन्ध विस्तार गर्दै कोरियन प्रायद्वीपमा शान्ति, समृद्धी र सुरक्षित वातावरण स्थापनाका लागि कटिबद्ध रहने समझदारी भयो।
डोनाल्ड जे ट्रम्प
अमेरिकी राष्ट्रपति

किम जोङ उन
प्रजातान्त्रीक जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता
जुन १२, २०१८
सेन्तोसा टापू
सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.