Breaking News.... EverestOnlineKhabar
June 26, 2026

उत्तर कोरियाली नेता किमसँगको एेतिहासिक वार्तापछि ट्रम्पले भनेः‘वार्ता अत्याधिक सफल भयो’

Loading

एजेन्सी,जेठ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ । भेटपछि ट्रम्पले वार्ता ‘अत्याधिक सफल र उत्कृष्ट सम्बन्ध’ भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । यस्तै भेटघाटपश्चात् किमले पनि ट्रम्पसँग भट्दा खुसी लागेको बताएका छन् । उनले प्रतिक्रियाका क्रममा‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट’ ।
सिंगापुरको सान्तोसा द्वीपमा रहेको क्यापेला होटलमा ट्रम्प र किमबीच आज बिहान ५० मिनेटसम्म भेटवार्ता चलेको थियो । ट्रम्प र किमबीचको भेटपछि दुबै नेताले आफूसँग आएका वरिष्ठ सल्लाहकार र सहयोगी दलसँग बैठक गरिरहेको समाचारमा जनाइएको छ ।
यसअघि भेटमा क्रममा ट्रम्प र किमले आपसमा हात मिलाएका थिए । दुई देशका अधिकारीको महिनौ लामो कुटनीतिक प्रयासपछि ट्रम्प– किमबीच भेटवार्ता हुन सम्भव भएको हो । ट्रम्प र किमको भेट र दुई देशबीचको उच्च स्तरीय वार्ताले सार्थक रुप लिने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.