Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । भारतको महाराष्ट्र प्रहरीले माओवादीहरूले ‘राजीव गान्धीको जस्तै’ प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षड्यन्त्र गरिरहेको दावी गरेको छ। पुणेस्थित विशेष अदालतमा माओवादीको एउटा पत्र पेश गर्दै प्रहरीले त्यस्तो दावी गरेको शुक्रवार सरकारी वकिलले बताएका हुन्।

गत जनवरीमा भीमा-कोरेगांवमा भएको हिंसाका क्रममा पाँचजनाको गिरफ्तारीपछि हत्याको षड्यन्त्रबारे जानकारी पाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अभियुक्त रोना ज्याकब विल्सनको दिल्लीस्थित घरबाट हत्याको षड्यन्त्रसम्बन्धी पत्र फेला पारिएको हो।

चिन्ता

कमरेड प्रकाशलाई सम्बधोन गर्दै लेखिएको पत्रमा बिहार र पश्चिम बंगालमा हारको बावजुद भारतीय जनता पार्टीको १५ भन्दा बढि राज्यमा भएको जितप्रति चिन्ता व्यक्त गरिएको छ।

पत्रमा लेखिएको छ, “यदि यस्तै अवस्था जारी रह्यो भने हाम्रो पार्टीका लागि त्यो तनावको विषय हुन सक्छ। मोदी राज अन्त्य गर्नका लागि कमरेड किशन र केही अरू वरिष्ठ कमरेडहरूले ठोस कदम चाल्न सुझाव दिनुभएको छ।”

“हामी राजीव गान्धीको हत्या गरिए जस्तै योजनाबारे विचार गरिरहेका छौँ।”

सन् १९९१ को मेमा तमिलनाडुको श्रीपेरम्बदुरमा मानव बमको प्रयोग गरी पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो।

सिंह

 

प्रहरीका अनुसार माओवादीको पत्रमा अगाडि भनिएको छ, “यो आत्मघाती कदम पनि हुन सक्छ र असफल पनि हुन सक्ने आशङ्का छ। तर पार्टीको पोलिट ब्यूरोले यसबारे छलफल चलाउनुपर्छ।”

सुरक्षा

सन् २०१७ को एप्रिल १८ उल्लेख गरिएको पत्रमा कमरेड साइबाबा र अन्य नाम समावेश छन्। यसैबीच गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्थाको समीक्षा गरिने बताएका छन्।

जम्मुमा संवाददाताहरूसँग कुरा गर्दै उनले भने, “त्यसो त हामी हाम्रा प्रधानमन्त्रीको सुरक्षालाई लिएर सधैँ गम्भीर रहन्छौँ र जहाँसम्म माओवादीहरूको प्रश्न छ उनीहरू हारिसकेको लडाइँ लडिरहेका छन्।”

“माओवादी उग्रवाद अहिले निकै कम भइसकेको छ। पहिले १३५ जिल्लामा उनीहरूको प्रभाव रहेकोमा अहिले आएर ९० जिल्लामा सामान्य प्रभाव छ। लगभग १० जिल्लामा अलि बढी प्रभाव छ।”

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले शुक्रवार सञ्चारमाध्यमहरूसँग कुरा गर्दै माओवादीका केही गतिविधिबारे पाएको जानकारीका आधारमा प्रहरीले देशभरि छापा मारेको र केहीलाई पक्राउ गरेको बताए।

दृष्टान्त

उनले भने, “प्रहरीले विभिन्न कागजात र हार्ड डिस्क लगायतका सामग्री बरामद गरेका छन्। ती सबै सामग्रीलाई अदालतमा पेश गरिने छ। अहिले यो भन्दा बढी बोल्नु उचित हुँदैन।”

तर कांग्रेस आइका एक नेता सञ्जय निरूपणले भारतीय जनता पार्टीले अफवाह फैलाउन चाहेको पनि हुन सक्ने प्रतिक्रिया दिएका छन्।

देवेन्द्र फडणवीस

उनले भने, “यदि देशको प्रधानमन्त्रीको हत्या गर्ने योजना कसैले बुनिरहेको छ भने त्यसबारे अनुसन्धान हुनुपर्छ। त्यो सञ्चारमाध्यममा ल्याउने कुरा होइन।”

उनले मोदी र बीजेपीको लोकप्रियता घट्दा यस्ता प्रचारबाजी गर्ने गरिएको दृष्टान्त भएको दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.