![]()
एजेन्सी । उच्च औद्योगिक राष्ट्रहरुको समूह (जी–७) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक्लिएका छन् । क्रिमिया बिलयपछि उक्त समुहबाट हटाइएको रुसलाई फेरी जी–७ भित्र समावेश गर्नुपर्ने धारणा ट्रम्पले राखेपछि त्यसको बिरोध भएको हो । जर्मनका चान्सलर एगेंला मर्केलले राष्ट्रपति ट्रम्पको उक्त प्रस्तावलाई सम्मेलनमा सहभागि युरोपेली देश र क्यानडाले समर्थन नगरेको बताइन ।
भर्खरै राष्ट्रपति ट्रम्पले युरोपेली सहयोगी राष्ट्र, क्यानडा र मेक्सिकोबाट अमेरिका निर्यात हुने सामानको कर बढाएपछि असन्तुष्ट भएका र जी ७ मा रहेका सबै राष्ट्रले ट्रम्पको बिरोध गरेका हुन् । जी–७ सम्मेलनको पहिलो दिनमै राष्ट्रपति ट्रम्प र जी–७ सम्बद्ध राष्ट्रका अन्य नेताबीच विभाजन भएको हो ।
पहिलो दिनको सेसनमा ट्रम्प प्रशासनले लगाएको उच्च ब्यापारिक ट्यारिफमाथिको असन्तुष्टी र वहस जारी रह्यो । फ्रान्स, जर्मनी, क्यानडाका सरकार प्रमुखहरुले राष्ट्रपति ट्रम्पको करको बिरोध गरेका थिए । तत्काल निर्णय सच्याउन समेत आग्रह गरेका थिए ।
राष्ट्रपति ट्रम्पले भने आफूले बढाएको करमाथिको असन्तुष्टीबारे थाहा पाएको र त्यसका सन्दर्भमा गृहकार्य गर्ने संकेत दिएको फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले बताए ।
रुसलाई पुन समावेश गर्नेदेखि लिएर जलवायु परिवर्तन, इजरायल÷प्यालेस्टाइन, रुसलाई हेर्ने दृष्टिकोणमा अमेरिकी राष्ट्रपति र जी ७ का अन्स सदस्यबीच समान धारणा छैन । रुसले सन् २०१४ मा क्रिमियालाई गाभेपछि उसलाई समूहबाट हटाइएको थियो । तर ट्रम्पले रुसलाई समावेश गर्नुपर्ने मत राखेपछि धेरैले आश्चर्य मानेका छन् ।


