Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अफगानिस्तान: तालिबानद्वारा इदको बेला तीन दिने युद्धविराम घोषणा

Loading

बीबीसी ।तालिबानले इद पर्वका लागि भन्दै अफगान सरकारी फौजसँग तीन दिनको युद्धविराम घोषणा गरेको छ। तर त्यो विदेशी फौजको हकमा लागु नहुने उसले जनाएको छ।

उक्त समूहले इदको छुट्टीको बेला सबै खालका आक्रमक कारबाही रोक्न आफ्नो लडाकुहरूलाई निर्देशन दिएको छ। तर आफूमाथि आक्रमण भए आफ्नो प्रतिरक्षा गर्ने उसले जनाएको छ।

मौका
अमेरिकाको नेतृत्वमा सन् २००१ मा अफगानिस्तानमा भएको सैनिक हस्तक्षेपपछि तालिबानले पहिलोपटक युद्धविरामका लागि सहमति जनाएको हो। यसै साताको पूर्वार्द्धमा अफगान सरकारले एकतर्फी युद्धविराम घोषणा गरेको थियो।

अफगान राष्ट्रपति असरफ गनीले तालिबानको पछिल्लो कदम उक्त समूहका लागि ‘हिंसात्मक कामले जनताको मन नजितेको तर थप टाढा पुर्‍याएको’ भनेर मनन गर्ने मौका भएको टिप्पणी गरेका छन्। सरकारी फौजले इस्लामिक स्टेट समूहविरुद्धको कारबाही भने नरोकिने जनाएको छ।

तालिबानको युद्धविराम कुन दिन थालनी हुन्छ भन्ने प्रष्ट छैन किनकी चन्द्रमा देखिएपछि इद सुरु हुन्छ। तथापि रमादान अन्त्य हुने दिन भनेर अफगान पात्रोमा जुन १५ उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.