![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो ।
केन्द्रीय सदस्यमा टुंगो लागेकामा
खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तीलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, डा. युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, वसन्त मानन्धर र नीरज आचार्य छन्।
त्यसैगरी दयालबहादुर शाही, रवीन्द्र अधिकारी (नवलपुर), विनोद ढकाल, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मियाँ अन्सारी, प्रमोदनारायण यादव, दिलकुमारी पन्त, लीला भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, साध्यबहादुर भण्डारी, चन्द्रबहादुर शाही, देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली, रामेश्वर राना मगर र नरेश खरेल छन्।
त्यस्तै विनोद श्रेष्ठ, श्रीनाथ रावल, गोविन्दविक्रम शाह, शारदा सुवेदी, लक्ष्मण ज्ञवाली र एकबहादुर रानाको नाम टुङ्गो लगाइएको छ।
नवगठित नेकपा केन्द्रीय कमिटीमा चार सय ४१ सदस्यमा तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० सदस्य रहने सहमति भएको थियो।
तत्कालीन एमाले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा थप्ने सदस्यको नाम टुंग्याउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएकोे थियो।


