Breaking News.... EverestOnlineKhabar
July 7, 2026

जर्मन कप फुटबलको उपाधि फ्रान्कफर्टलाई, फाइनलमा वायर्न ३ – १ ले पराजित

Loading

एजेन्सी ।  वायर्न म्युनिखलाई हराउदै फ्रान्कफर्टले जर्मन कप फुटबलको उपाधि जितेको छ ।  फाइनलमा वायर्नलाई ३ – १ ले हराउदै फ्रान्कफर्टले उपाधि जितेको हो ।

ओलम्पिक स्टेडियममा भएको फाइनलमा फ्रान्कफर्टलाई उपाधि दिलाउन एन्टी रेविकले दुई गोल गरे । त्यस्तै मिजट गासिनोभिकले एक गोल थपेका थिए । वायर्नका रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए ।

यो उपाधिसँगै फ्रान्कफर्टले ३० बर्षपछि पहिलो उपाधि जितेको छ । फ्रान्कफर्टले पछिल्लो ३० बर्षमा कुनै उपाधि जित्न सकेको थियो । यता, यो सिजन दुई उपाधि जितिसकेको वायर्न ह्याट्रिक उपाधि जित्नबाट बन्चित भएको छ । वायर्नले यो सिजन बुन्डेस लिगा र जर्मन सुपर कपको उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.