Breaking News.... EverestOnlineKhabar
April 30, 2026

एलेक्स साञ्चेजलाई भित्र्याउने दौडबाट बाहिरियो म्यान सिटी

Loading

एजेन्सी,माघ ।
म्यानचेष्टर सिटी फर्वाड एलेक्स साञ्चेजलाई अनुवन्ध गर्ने दौडबाट बाहिरिएको छ । मूल्य महंगो भएको भन्दै क्लबले सान्चेजलाई अनुबन्ध गर्ने प्रयासबाट पछि हट्ने निर्णय लिएको हो । यसमा प्रशिक्षक पेप ग्वार्डिओलासहित सबै सहमत भएका छन् । साञ्चेजले मागेको तलब आफ्ना स्टार खेलाडीहरुको भन्दा बढी भएकाले सिटीले यो निर्णय लिएको अनुमान गरिएको छ ।
म्यानचेष्टर सिटीको निर्णयसँगै म्यानचेष्टर युनाइटेडलाई केही सहज भएको छ । यद्यपि पछिल्लो समय चेल्सीले पनि उनलाई भित्र्याउने इच्छा देखाएको बुझिएको छ । आर्सनलले चिलीका इन्टरनेशनल फर्वाड साञ्चेजका लागि ३५ मिलियन पाउण्ड लिन चाहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed