Breaking News.... EverestOnlineKhabar
May 1, 2026

खेलाडीलाई लात हिर्काउने रेफ्री निलम्बित…..

Loading

एजेन्सी,माघ ।
फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) र नान्टेसबिचको नान्टेसका खेलाडीलाई खुट्टाले हानेका रेफ्रीले गल्ती स्वीकार गरेका छन् । टोनी चाप्रोनले आफूले खराब तरिकाले प्रतिक्रिया दिएको स्वीकार गरेका हुन् ।
रेफ्रीले खेलाडीलाई हिर्काए अनि रेड कार्ड देखाए
रेफ्रीले नान्टेसका खेलाडीलाई खुट्टाले हानेर रातो कार्ड देखाएका छन् । खेलको इन्जुरी समयका नान्टेसका डिफेन्डर डिएगो कार्लोस र रेफ्री टोनी चाप्रोन ठोक्किएका थिए । कार्लोससँग ठोक्किएका रेफ्री चाप्रोन मैदानमा लडे ।
उनले उठ्दै गर्दा अवस्थामा नान्टेसका डिफेन्डर कार्लोसलाई खुट्टाले हाने अनि खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाएका कार्लोसलाई दोस्रो पहेँलो कार्ड देखाए । त्यसपछि गोजीबाट रातोकार्ड निकालेर कार्लोसलाई देखाएपछि उनी मैदानबाट बाहिरिन बाध्य भए ।
मैदानमा झुक्किएर ठोक्किएर लडेका रेफ्री आफैले खेलाडीलाई हिर्काउने अनि रातो कार्ड देखाउने गरेका हुन् । फ्रेन्च फुटबल एसोसिशन रेफ्री टोनीलाई थप अनुसन्धान नहुने बेलासम्मका लागि निलम्बित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed