![]()
काठमाडौं । प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरी मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे बोलाएको बैठक बुधबार विहान बिहान ९ बजेसम्मका लागि स्थगित गरेका गरेका हुन् ।
मन्त्रिपरिषद बैठक अब बुधबार बिहान बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलसंग सहमति गर्ने प्रयास गरेका छन ।
प्रदेश प्रमुखको नियुक्ति नहुँदा प्रदेश सांसदहरुले सपथ पनि लिन पाएका छैनन् ।


