Breaking News.... EverestOnlineKhabar
June 27, 2026

रानी मुखर्जीको ज्याकेटको मूल्य बुलेट बाइक बराबर

Loading

एजेन्सी । बलिउड नायिका रानी मुखर्जी आफनो सौन्दर्य र अभिनयका कारण निकै चर्चितछिन । पृथक स्वर रहेकी नायिका मुखर्जीको फेशनमा खासै ध्यान नभएपनि उनले हालै लगाएको एउटा ज्याकेटले भने सबैको ध्यान तानेको छ ।

हालै अभिनेत्री मुखर्जी मुम्बइ एयरपोर्टमा स्पोर्टी लुकमा देखिइन् । उनी सेतो स्पोर्ट शुज, नीलो जिन्स र कालो लेदर ज्याकेटमा देखिएकी थिइन् । झट्ट हेर्दा रानीको यो लुक निकै साधारण देखिए पनि उनले लगाएको ज्याकेट निकै महंगो थियो ।

रानीले लगाएको एभेन्जर्स लुक वाला यो ज्याकेटको मूल्य झण्डै १५ सय पाउण्ड पर्छ । यसको भारतीय रुपैयाँ १ लाख ३० हजारजति पर्छ । नेपाली रुपैयाँ भने २ लाख नाघ्छ । यो ज्याकेट बेचेर बुलेट क्लासिक बाइक किन्न सकिन्छ जसको मूल्य करसमेत जोडेर १ लाख ३६ हजार भारु पर्छ । रानीले यो ज्याकेटको लागि तिरेको कर थप्ने हो भने बुलेटको मूल्यजति नै हुन आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.