Breaking News.... EverestOnlineKhabar
June 27, 2026

मेस्सीलाई गोल्डेन सू अवार्ड, रोनाल्डोसंग बराबरी

Loading

बिबिसि । क्रिष्टियानो रोनाल्डोलाई टक्कर दिदै स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् ।

गएको सिजनमा ला लिगा अन्तर्गत सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरिएको हो । मेस्सीले गएको सिजन ला लिगामा ३७ गोल गरेका थिए । यो अवार्ड जितेसँगै मेस्सीले क्रिष्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका छन् ।

मेस्सीले चौथो पटक सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन–सू अवार्ड जितेका हुन् । यो सिजन मेस्सी लिगमा निकै फर्ममा देखिएका छन् । तर रोनाल्डो भने ला लिगामा यो सिजन गोलको हिसाबमा कमजोर छन् ।

अघिल्लो वर्ष सिजन यो अवार्ड लिगमा ४० गोल गरेका बार्सिलोनाका लुइस स्वारेजले जितेका थिए । उनै स्वारेजले मेस्सीलाई अवार्ड प्रदान गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.