Breaking News.... EverestOnlineKhabar
June 27, 2026

ताप्लेजुङको फुङलिङमा मतदाता परिचयपत्र बाँड्दै गर्दा मतदान केन्द्रमा बिष्फोट

Loading

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङमा मतदाता परिचयपत्र बितरण भइरहेका बेला बम विस्फोट भएको छ । भानु मावि मतदान केन्द्रमा मतदातालाई परिचयपत्र वितरण गरिरहेकाबेला बम बिष्फोट भएको हो । विस्फोटबाट मानवीय क्षति नभएपछि निर्वाचन आयोगका कर्मचारी र सर्वसाधारणमा भने त्रास मच्चिएको छ ।

मतदानका लागि महिला तथा पुरुषको लाइन व्यवस्थापन गर्न बनाइएको बारमा विस्फोट भएको हो । बिष्फोट भएको ठाउँमा ठूलो खाल्डो परेको छ । घटनापछि मतदान केन्द्रमा सेना तथा प्रहरीले घेरा हालेको छ । घटनापछि कर्मचारी तथा परिचयपत्र लिन गएका मतदाताहरूलाई बाहिर निकालिएको छ ।

सेना तथा प्रहरीको सुरक्षा कायम रहेका बेला मतदान केन्द्रभित्र कसले कसरी विस्फोटक पदार्थ लग्यो खुल्न सकेको छैन ।
मतदान अधिकृत कुवेर नेपालीले यस्तो अवस्थामा निर्वाचन गराउन कठिन हुने भन्दै थप सुरक्षाको प्रत्याभूति गर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.