Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

सोलुखुम्बु । केही दिनयता परेको लगातारको बर्षाले मुलुकका बिभिन्न हिमाली क्षेत्रमा हिमपात भएको छ । सोलुखुम्बु, गोरखा, हुम्ला, डोल्पा, दार्चुला, बझाङ लगायत जिल्लाका बिभिन्न स्थानमा हिमपात भएको हो । जल तथा मौसम बिज्ञान बिभागका अनुसार तीन हजार मिटर उचाईभन्दा माथिका अधिकांश ठाउँमा हिउँ परेको छ ।

हिमाली क्षेत्रमा हिमपात भएपछि चुनावी गतिविधि समेत प्रभावित भएको छ । हिमालपारिका सामागाउँ, साम्दो, ल्हो, प्रोक, छेकम्पारका बस्ती सम्मै हिउँ जमेको हो । हिउँले बस्ती पुरै ढाकिएका छन । चिसो बढेका कारण चुनावी कार्यक्रम पनि प्रभावित हुनसक्ने देखिएको छ ।
हिउँ परेपछि बाली नाली सप्रने भन्दै स्थानीय खुसी पनि छन् ।

विगतका वर्षहरुमा भन्दा चाँडो हिउँ पर्न थालेको उनीहरुको भनाइ छ । जिल्लाको तल्लो पहाडी क्षेत्रमा पनि घाम लागेको छैन भने चिसो बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed