Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व सभासद बालकृष्ण ढुंगेल अन्ततः पक्राउ परेका छन । ढुंगेललाई मंगलवार प्रहरीले सातदोबाटोबाट पक्राउ गरेको हो ।

द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेलले सर्वोच्चबाट जन्मकैदको सजाय पाएपनि उनी पक्राउ परेका थिएनन् । ढुंगेललाई सर्वोच्चले जन्मकैदको फैसला गरेपनि उनी पक्राउ नपरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा मुद्दा दिएका थिए । त्रिपाठीले प्रहरी महानिरीक्षकलाई बिपक्षी बनाउँदै रिट दायर गरेको तीन दिन नबित्दै ढुंगेल पक्राउ परेका हुन ।

ढुंगेललाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नका निम्ति काठमाडौं जिल्ला अदालतमा पेश गरिदै छ । ढुंगेल वि. सं २०६४ सालमा ओखलढुंगा २ बाट सभासद बनेका थिए । सभासद भएकै अवस्थामा उनलाई उक्त सजाय सुनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed