Breaking News.... EverestOnlineKhabar
June 25, 2026

सिरियाली युद्ध अन्त्यका लागि पुनः शान्तिवार्ता सुरु

Loading

एजेन्सी,१४ कार्तिक ।
सिरियामा सन् २०११ देखि जारी रहेको युद्ध अन्त्यका लागि काजकस्तानको राजधानी अस्तनामा सोमबार पुनः नयाँ चरणको शान्तिवार्ता सुरु भएको छ । रसियाको पहलमा इरान र टर्कीको प्रतिपक्षी समूहसमेतको सहयोगमा सुरु भएको शान्तिवार्ता सिरियाको उत्तरी क्षेत्रमा अवस्थित राका शहरमा इश्लामिक स्टेट (आइएस) जिहादी समूहले व्यहोरेको पराजयपछि सुरु भएको हो ।
राकामा केही समय पहिले अमेरिकी नेतृत्वमा कूर्दिस–अरब सिरियाली प्रजातान्त्रिक बललाई महत्वपूर्ण सफलता मिलेको थियो । राका विद्रोहीको सुरक्षित आश्रयस्थलका रूपमा रहँदै आएको थियो ।
सिरियाली सरकार तथा राष्ट्रपति बसर अल असदको सत्ताबाट बहिर्गमन चाहेको विद्रोही दुवै पक्षबाट वार्ताका लागि खटाइएको वार्ता टोली अस्तना पुगिसकेको छ । उनीहरूबीच अनौपचारिक रूपमा छलफल भइसकेको बताइएको छ ।
सिरियामा सन् २०११ देखि सुरु भएको सरकार विरोधी आन्दोलनमा अहिलेसम्म ३ लाख ३० हजार व्यक्तिभन्दा बढी जनताले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed