Breaking News.... EverestOnlineKhabar
June 25, 2026

राष्ट्रपति ट्रम्पको चुनावी प्रचार अभियानका सल्लाहकारले झुठो बोलेको स्वीकार

Loading

एजेन्सी,१४ कार्तिक ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका एक सल्लाहकारले रुसी बिचौलियाहरुसँगको बैठकबारे अनुसन्धानकर्तासँग झुठो बोलेको स्वीकार गरेका छन् ।राष्ट्रपति ट्रम्पका चुनावी सल्लाहकार जर्ज पापाडोपलसले चुनावी अभियानकै बेला एक जना रुसी बिचौलियासँग भेटघाट गरेको स्वीकारेका छन् ।
उनले रुसीहरुसँग हिलरी क्लिन्टनको अभियानलाई नोक्सान पुग्ने खालका सूचना भएको आफूलाई जानकारी दिएको बताए । अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले गत जनवरीमा सोधपुछ गर्दा भने उनले आफू ट्रम्पको चुनावी अभियानमा संलग्न हुनुअघि रुससँग सम्बन्ध भएका दुई जनालाई भेटेको बताएका थिए ।
तर पछि उनले ट्रम्पको चुनावी अभियानमै संलग्न रहेका बेला उनीहरुसँग भेटघाट गरेको पाइएको थियो । उनले भेटेका व्यक्तिमा एक जना रुसी महिला तथा लण्डनमा कार्यरत एक जना प्राध्यापक रहेको बताइएको छ । तर उनीहरुको नाम खुलाइएको छैन । ती व्यक्तिको रुसी अधिकारीहरुसँग सिधा सम्पर्क रहेको बताइएको छ । गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार क्लिन्टन ट्रम्पसँग पराजित भएकी थिइन् ।
रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका छन् ।
रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका हुन् । रुस र ट्रम्प दुबैले आफूहरुबीच त्यस्तो कुनै सम्बन्ध नरहेको जिकिर गर्दै आएका छन् । यो विषयले राष्ट्रपति ट्रम्पलाई ठूलो नोक्सानी पुग्नसक्ने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed