![]()
महोत्तरी,१२ असार ।
महोत्तरीमा आइतबार राति एसिड छ्यापेर एक महिलाको हत्या भएको छ । गौशाला नगरपालिका–१ रामनगरकी ६५ वर्षकी मंसरिया देवी महतोको एसिड छ्यापेर हत्या भएको हो ।घरमा एक्लै बस्दै आएकी मंसरियादेवी आइतबार राति ९ बजेसम्म छिमेकसँग कुराकानी गरेर सुत्न गएकी थिईन् ।
तर सोमबार बिहान अबेरसम्म चहलपहल नभएपछि छिमेकले हेर्न जाँदा अनुहारमा एसिड छ्यापिएर मृत अवस्थामा ओछ्यानमै मंसरियादेवी फेला परिन् । त्यसलगतै स्थानीय बासिन्दाले प्रहरी र घरपरिवारलाई जानकारी दिएका छन् । एसिडले उनको अनुहार जलेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।


