Breaking News.... EverestOnlineKhabar
April 18, 2026

यती कार्पेट आगलागीमा डेढ अर्व रुपैयाको क्षति

Loading

भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा रु डेढ अर्बभन्दा बढीको सामग्री क्षति भएको छ।
राति ११:३० बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडैा र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि बिहान ७:३० बजे नियन्त्रणमा आएको छ।आगलागीबाट रु एक अर्ब ५० करोडभन्दा बढीको सामग्री क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका व्यवस्थापक धर्मेन्द्र यादवले जानकारी दिनुभयो।
उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा ट्रान्सफर्मर पड्किएर आगो लागेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो।आगलागीबाट उद्योगकै दुई सवारी साधन र पक्की भवन, जस्ताका पाँच टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन जलेर क्षतिग्रस्त भएको छ।सय जना मजदुर कार्यरत उद्योगमा राति ३५जना कार्यरत भए पनि मानवीय क्षति भने नभएको यादवले बताउनुभयो ।
उद्योगसँगै रहेको बाटाको ट्रान्सफर्मर पड्केर आगो निस्किएर बलेको तारबाट कारखानामा आगलागी सुरु भएको थियो।कुनै पनि सामान निकाल्नै नमिल्ने गरी एकै पटक ठूलो आगो लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed