Breaking News.... EverestOnlineKhabar
February 8, 2026

गृहमन्त्री शर्माको चेतावनी पछि प्रहरी संगठनमा भूकम्प…..

Loading

काठमाडौ,१ असार ।
गृहमन्त्री जनार्दन शर्माले राजनीतिक तथा अन्य सोर्सफोर्स लगाउने जुनसुकै प्रहरी अधिकारीलाई पनि कारवाहि गर्ने चेतावनी दिएका छन् । गृहमन्त्रीको चेतावनीपछि राजनीतिक तथा अन्य सोर्सफोर्स लगाएर संगठनभित्र राज चलाईरहेका प्रहरी अधिकारीको निन्द्रा हराम भएको छ । गृहमन्त्री जनार्दन शर्माले गृहप्रशासनमा राजनीतिक हस्तक्षेप नगर्ने बरु राजनीतिक नेतृत्व गर्ने बताएका छन् । सबै सुरक्षा संगठनलाई अनुशासित बनाउने र सिपाहीको मनोबल उकास्ने गरी काम गर्ने पनि उनले बताए ।
गृहमन्त्रालयमा बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले देशको आवश्यकता अनुसार आफूले गाइडलाइन मात्रै दिने बताए ।उनले भनेः‘ म राजनीतिक नेतृत्व गर्नेछु, हस्तक्षेप गर्ने छैन । राजनीतिक नेतृत्व र हस्तक्षेप फरक कुरा हुन्,काम यही फोर्सले गर्ने हो । अहिलेको देशको आवश्यकता अनुसार कसरी अगाडि बढ्ने भनेर गाइड लाइन गर्ने काम मात्रै मेरो भएको हुनाले मैले राष्ट्रकै पक्षमा देशकै पक्षमा गाइड लाइन गर्नेछु ।’
नेताहरुको चाकडी गर्ने र सोर्सफोर्स लगाउनेहरुलाई कारबाही पनि गर्ने उनले चेतावनी दिए । उनले एकजना सुरक्षा अधिकारी आफूकहाँ सोर्स लगाउन आएको र आफूले त्यसलाई इन्कार गरिदिएको प्रसंग पनि सुनाए । उनले अगाडी भनेः‘एक–दुई दिन मैले टेस्ट गरें, कहीँ पनि नदौडिनुस् है भनेको दौडिँदै म कहाँ दौडिँदै आउनुभयो । मैले जवाफ दिएको छु । सोर्स नलगाइकन, फोर्स नलगाइकिन तपाईंको सही मूल्यांकन हुनेछ भन्दाभन्दै सोर्स लगाइन्छ भने मैले काम गर्दैन भनिदिएको छु ।’ मन्त्री शर्माले संरचनागत पुनर्संरचना गर्नका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताए । सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रमा कहीँ कतै अस्पष्ट भए त्यसलाई स्पष्ट पनि पार्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.