Breaking News.... EverestOnlineKhabar
February 8, 2026

राजपालाई मनाउने सत्तारुढ दलको प्रयास जारी….सहमति होला त ?

Loading

काठमाडौ,१ असार ।
आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई असार १४ को निर्धारित स्थानीय तहको दोस्रो चरणको चुनावका लागि मनाउने प्रमुख तीन दलको प्रयास जारी राखेका छन् । संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि गर्ने सहमति नहुँदासम्म कुनै चुनावमा सहभागी नहुने अडान राजपा नेताले छाडेका छैनन् । राजपा नेता शरदसिंह भण्डारीले माग पूरा नभएको तर वातावरण बने चुनावमा जान सकिने बताए । बिहीबारको बैठकमा तीन दल कसरी प्रस्तुत हुन्छन्, त्यसपछि चुनावमा सहभागी हुने–नहुने तय हुने उनले बताए । उनले भनेः‘राज्यले सबैलाई चुनावमा जाने वातावरण बनाउनुपर्छ, धेरै विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ, तर हाम्रा माग पूरा हुने खालको कुरा आएको छैन,बिहीबारको बैठकले वातावरण बनाउन सक्छ कि सक्दैन हेर्नुपर्छ ।’
चुनावै बिथोल्ने गरी राजपा आन्दोलनमा उत्रिएपछि सत्तारूढ दलहरू अब के गर्ने भन्ने अन्योलमा छन् । चुनावमा राजपालाई सहभागी गराउने अधिकतम प्रयास गर्न बुधबार बैठक बोलाइएपछि तराई जाने कार्यक्रम रोकेर राजपा नेताहरू सहभागी भएका थिए । सत्तारूढ दलहरूले राजपा चुनावमा आउने सम्भावना भए उम्मेदवारी मनोनयनको मिति केही दिन सार्न सकिने प्रस्ताव बैठकमा राखेका थिए । मनोनयन मिति सार्नेलगायत विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै छन् । आयोगको कार्यतालिकाअनुसार २ गते मनोनयनको दिन हो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असार १४ को मिति सार्न नहुने, सकेसम्म मिलेर जानुपर्ने बताए । एमालेले बैठकमा राजपाले भनेजस्तो संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने कुरा तत्काल सम्भव नभएकाले अन्य प्राविधिक कुरा मिलाएर जान आग्रह गरेको थियो । तर दुवै माग पूरा हुनैपर्ने धारणा राजपाबाट आएपछि एमालेले सत्तारूढ दलहरूलाई चुनावको मिति सार्नतिर नलाग्न सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.