Breaking News.... EverestOnlineKhabar
April 30, 2026

फेसबुकले चार महिनामा तीन अर्ब डलर नाफा गर्यो….

Loading

एजेन्सी,जेठ ।
अमेरिकाको सानफ्रान्सिस्कोमा मुख्य कार्यालय रहेको फेसबुकले सन् २०१७ को प्रारम्भका चार महिनामा ८ अर्ब डलरभन्दा बढीको कारोबार गरेको छ ।  समाचार एजेन्सीहरूका अनुसार, उक्त कारोबार गत वर्षको पहिलो चार महिनामा भएको भन्दा ४९ प्रतिशत बढी हो । यस अवधिमा फेसबुकले ३ अर्ब डलर बराबरको नाफा आर्जन गरेको समाचारमा उल्लेख छ ।
कम्पनीले सन् २०१७ को पहिलो चार महिनामा ८ करोड मासिक प्रयोगकर्ता बढाएको छ । अहिले फेसबुक सक्रिय रूपमा प्रयोग गर्ने मासिक प्रयोगकर्ता १.९४ बिलियन छन् भने दैनिक फेसबुक प्रयोग गर्ने सक्रिय प्रयोगकर्ताहरू १.२८ बिलियन छन् । यसको मुनाफाको अधिक अंश विज्ञापनमार्फत उठ्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed