Breaking News.... EverestOnlineKhabar
April 30, 2026

लोक गायिका राधिका हमाल रोल्पाबाट उम्मेद्वार…..

Loading

रोल्पा,जेठ ।
नेपाली कांग्रेस, रोल्पाले चर्चित लोकगायिका राधिका हमाललाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाएको छ । उनलाई कांग्रेसले त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय हो ।कांग्रेसतर्फबाट उम्मेदवार बनेकी हमालले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । गायिकालाई उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले गाउँपालिका अध्यक्षमा भने कमल बुढालाई उठाउने निर्णय गरेको छ । पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ । यसैगरी, नगरपालिकाको उपप्रमुखमा मिश्री हमालले उम्मेदवारी दिने भएकी छन् ।
सुवर्णावती गाउँपालिकाको अध्यक्षमा शेरबहादुर महरा र उपाध्यक्षमा कविता उपाध्यायलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । उपाध्यक्षको उम्मेदवार उपाध्याय नेपाल प्रेस युनियन रोल्पाकी अध्यक्ष तथा राष्ट्रिय समाचार समितिमासमेत कार्यरत छिन् । लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा दुर्गाबहादुर खड्का र उपाध्यक्षमा भीमकली बुढाथोकीले उम्मेदवारी दिने भएका छन् ।
यसैगरी, माडी गाउँपालिकाको अध्यक्षमा गोपाल घर्तीमगर र उपाध्यक्षमा गोठी खत्रीलाई उठाउने तयारी भएको छ । सुनछहरी गाउँपालिकामा दुर्गे बुढालाई अध्यक्ष र सरु पुनलाई उपाध्यक्ष, दुईखोली गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्तीमगर र उपाध्यक्षमा लक्ष्मी डाँगी, सकिदह गाउँपालिकाको अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसीले उम्मेदवारी दिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed