![]()
जनकपुर,जेठ ।
गरीब र विपन्न वर्गलाई लक्षित गरी जनकपुरको पिडारीमा राजर्षि जनक निम्न माध्यामिक विद्यालय भवनको निर्माण शुरु गरिएको छ । लायन्स क्लव ईन्टरनेशनलको ६० लाख सहयोग र संसदीय विकासको ४० लाख रूपैयाँसमेत गरी एक करोडको लागतमा विद्यालय भवन बनाउन थालिएको हो । विद्यालय भवन निर्माणपछि ग्रामीण क्षेत्रका बालबालिकालाई अध्ययनका लागि सहज हुने विश्वास गरिएको छ ।


