Breaking News.... EverestOnlineKhabar
February 4, 2026

फिलिपिन्सको एक होटलमा हमला, ३० जनाभन्दा बढीको मृत्यु

Loading

मनिला,१९ जेठ ।
फिलिपिन्सको राजधानी मनिलास्थित एक होटलमा बन्दुकधारीले अन्धाधुन्द गोली हानी ३० जनाभन्दा बढीको हत्या गरेको छ । होटलमा प्रवेश गरेका बन्दुकधारीले होटलको क्यासिनोमा रहेको टेलिभिजनमा गोली प्रहार गरी आगजनी गरेपछि निस्केको धुँवामा फसेर पनि कतिपयको मृत्यु भएको जनाइएको छ । घटनामा अन्य ५४ जना घाइते भएका छन् ।
ती बन्दुकधारीले होटलमै रहेको क्यासिनोबाट चिप्स चोर्ने प्रयास गरेका थिए । हत्यारा आफैंले आफूलाई गोली हानी आत्महत्या गरेको फिलिपिन्सका अधिकारीहरुले जनाएका छन् । घटना लगत्तै सो होटल र अपार्टमेन्ट खाली गराइएको छ । घटना इस्लामिक स्टेटले गराएको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.