![]()
एजेन्सी,४ जेठ ।
फ्रेन्च लिग वानको उपाधि मोनाकोले जितेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा सेन्ट इटिएन्नेलाई २–० ले हराउँदै एक खेल बाँकी हुँदै मोनाकोले उपाधि जितेको हो । १७ वर्षपछि पहिलो पटक उपाधि जितेको मोनाकोलाई जिताउन केलियन एमबाप्पे र भालेरे जर्मेनले गोल गरे । उपाधि पक्का गरेको मोनाकोको एक खेल बाँकी हुँदा ९२ अंक भएको छ । दोस्रो स्थानमा रहेको पेरिस सेन्ट जेर्मनको ८६ अंक छ ।


