Breaking News.... EverestOnlineKhabar
April 29, 2026

स्पेनिस ला लिगाःरियल मड्रिडको शानदार जित

Loading

मड्रिड,४ जेठ  ।
स्पेनिस जाइन्ट रियल मड्रिडले ला लिगाको पछिल्लो खेलमा शानदार जित हासिल गरेको छ । जितसंगै रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि होडमा आफूलाई बलियो अवस्थामा पुर्‍याएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ४–१ ले हराएर शीर्ष स्थानमा उक्लिँदै बार्सिलोनासँगको अंक दूरी तीन पुर्‍याएको हो ।
रियलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा करिम बेन्जिमा र टोनी क्रसले एक एक गोल गरे । ६२ औं मिनेटमा लागो एस्पास दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको सेल्टाका लागि गुइडेट्टीले एक गोल फर्काए ।
जितपछि रियल मड्रिड उपाधिबाट अब एक अंक मात्रै पछि छ । लिगको अन्तिम खेलमा बराबरी गरेपनि रियल मड्रिडले उपाधि जित्ने छ । पछिल्लो पटक रियलले सन् २०१२ मा उपाधि जितेको थियो ।
लिगका एक खेल बाँकी हुँदा शीर्ष स्थानको रियलको ९० अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ८७ अंक छ । ४४ अंकसहित सेल्टा १३ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed