Breaking News.... EverestOnlineKhabar
April 30, 2026

कामनपा– ३ नम्बर वडाको अध्यक्षमा अधिकारीको उम्मेद्वारी

Loading

काठमाडौ,८ बैशाख ।
काठमाडौ महानगरपालिका ३ नम्वर वडाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फवाट राजेश अधिकारीले उम्मेद्वारी दिएका छन् । अधिकारी नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि साथै २०५३ सालमा नेविसंघका केन्द्रिय सदस्य समेत भईसकेका छन् । अधिकारी २०५४ सालदेखि तरुण दलका पूर्णकालिन सदस्य हुनुको साथै कामनपा–३ का पूर्वईकाई सभापति समेत हुन् ।
कामनपा–३ धारापाटी स्थित स्थानिय ठाँऊमा रु तीन करोड भन्दा बढिको भौतिक स्वामित्वमा निर्मित चुनदेबी उपकार संघमा समेत अधिकारीले सहयोग गरेका छन् । जसमा १७ वटा देबी देबताहरु अवस्थित वगलामुखि मन्दिर,कृयापुत्री भबन, नेपालमै पहिलो पल्ट स्थापना गरिएको आमा बुवा क्लब छन्।
अधिकारी सम्पत्ति माथि जनताको अधिकारका अभियन्ता समेत हुन् । उनी सामाजीक कार्यमा पनि उत्तिकै सक्रिय छन् । सार्बजनिक जग्गा संरक्षणमा स्थानिय एक्यबद्धता कार्यक्रमका संयोजक समेत रहेका अधिकारी गणेशमान सिंह स्मृति आपत बिपत कोषका संस्थापक अध्यक्ष समेत हुन् ।
नेपाल कराते महासंघको केन्द्रीय सदस्यका हैसियतले अधिकारीले भूकम्पका बेला ११ जिल्लामा राहत बितरण समेत गरेका थिए । सोहि बेलामा कामनपा–३ मा २५० युवाहरु सम्मिलित स्वस्थ्य वडा अभियान समेत सञ्चालन गरेका थिए अधिकारीले ।
मध्यमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका पुर्व उपाधक्ष्य समेत रहेका समाजसेवी अधिकारी स्वतन्त्र लेखक समेत हुन् । उनका ११३ भन्दाबढी स्तम्बहरु राष्ट्रिय दैनिकहरु देखि बिभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भैसकेका छन् ।
समाजसेवी तथा राजनीतिज्ञ अधिकारीले राजनितिज्ञ, खेलकुद र समाजसेवीका हैसियतले थुप्रै सम्मान र पदक प्राप्त गरिसकेका छन् ।
बिभिन्न १० भन्दा बढि राष्ट्र भ्रमण गरिसकेका अधिकारी सहकारी र यसको महत्वमा बिषेश चासो राख्छन् ।
अन्तराष्ट्रिय ब्यक्तत्व, बिदेशी माननिय एवं हिन्दुवादी नेताहरु संगको सम्बन्धका बारे अधिकारीको फेसबुकमा रहेका पोष्टहरुले पनि प्रष्ट बताउछ । समाजसेवी अधिकारीले साईबर क्राईम र सामाजिक अपराधका बारेमा जनचेतना मुलक कार्यक्रम संचालन गरिरहेका छन् । स्थानिय क्लव, बिभिन्न संघसंस्था र अन्तराष्ट्रिय सस्था गरी ७४ वटा संस्थासंग प्रत्यक्ष सम्बन्ध राखि कार्यरत सामाजिक ब्यक्तित्व हुन् अधिकारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed