Breaking News.... EverestOnlineKhabar
April 28, 2026

Loading

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसरी पनि तोकिएकै मिति बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

बिहीबार आफ्नो पार्टीको युवा संगठन वाइसिएल र विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलनको उद्घाटनकालागि झापाको बिर्तामोड पुगेका प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताएका हुन्।

जिल्ला सम्मेलनलाई सम्बोधनगर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचन हुन नदिने गतिविधि भइरहेको भन्दै सानातिना गतिविधिले निर्वाचन नरोकिने बताए ।

बहिस्कार

उनले भने, ‘प्रश्नहरु उठ्छ निर्वाचन हुन्छ कि हुँदैन भन्ने । तर म प्रस्ट पार्न चाहन्छु बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले, उनकै शब्दमा, आकाश खस्यो र धर्ती फाट्यो भने मात्र निर्वाचन रोकिने दावी गरे ।

निर्वाचन बहिस्कार गरेर आन्दोलन घोषणा गरेका तराई केन्द्रित दलका नेताहरुलाई फेरि एकपटक निर्वाचनमा ल्याउनका लागि शुक्रबार बिहान बोलाएको प्रधानमन्त्रीले बताए।

उनले भने, ‘शुक्रबार बिहान फेरि मैले बोलाएको छु तराई केन्द्रित दलका नेताहरुलाई । उहाँहरुलाई म आश्वस्त पार्न चाहन्छु कि परिवर्तनलाई संस्थागत गर्ने अर्को सरकार भेट्नुहुन्न भनेर।’

गल्ती

तराई केन्द्रित दलका नेताहरु निर्वाचनमा नआए उनीहरुकै गल्ती हुने समेत उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयकमा प्रदेशको सीमा र संख्या समेतमा सुझाव दिनका लागि स्थायी संघीय आयोग गठनगर्ने प्रावधान रहेकाले तराई केन्द्रित दलहरुलाई संशोधनको पक्षमा आउन आग्रह गरे ।

तराई केन्द्रित दलहरुले भने उक्त संशोधनलाई बहिस्कार गर्दै आन्दोलनमा उत्रेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed