Breaking News.... EverestOnlineKhabar
April 29, 2026

एमाले सांसदको घरमा आक्रमण र दुव्र्यवहार गर्नेमाथि कारबाही गर्छुः गृहमन्त्री

Loading

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले एमाले सांसद सत्यनारायण मण्डलको घरमा गरिएको आक्रमण र दुव्र्यवहारमा संलग्नमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री निधिले यस्तो जानकारी दिएका हुन् ।

पछिल्लो समय मधेसी मोर्चाका कार्यकर्ताले एमालेका मधेसी नेताहरुको घरमा तोडफोड गर्ने, दुव्र्यवहार गर्ने जस्ता क्रियाकलपालाई निरन्तरता दिएपछि एमालेले त्यसको विरोध गर्दै आएको थियो ।

त्यसैगरी उनले मुलुकका विभिन्न स्थानमा भएको आगलागी, चट्याङ, पहिरोमा परेर भौतिक तथा मानवीय क्षति भएकालाई सरकारले क्षतिपूर्ति प्रदान गरेको र केही स्थानमा बाँकी रहेको भए शीघ्र राहत प्रदान गरिने पनि जानकारी दिए ।

उनले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको पनि बताए ।

२० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर लागू गरिएको उनको भनाई थियो । जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा निकाय संलग्न रहने गरी समन्वयात्मक सुरक्षा योजना लागू गरिएको पनि उनले जानकारी दिए । निर्वाचनलाई भयरहित बनाउन सरकारको तर्फबाट कुनै पनि कसर बाँकी नराखिएको र सरकार पूर्ण क्षमताका साथ आवश्यक वातावरण बनाउन लागिपरेको पनि उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed