Breaking News.... EverestOnlineKhabar
February 9, 2026

रियल मड्रिड सेमिफाईनलमा प्रवेश, रोनाल्डोले गरे ह्याट्रिक

Loading

 च्याम्पियन्स लिग फुटबलमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा साविकको विजेता रियाल मड्रिड सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतिरिक्त समयको खेलमा ४-३ गोल अन्तरले जित हात पारेको हो ।

पहिलो लेगमा २-१ को जित निकोलेको रियल समग्रमा ६-३ को जितका साथ अन्तिम चारमा पुगेको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा बार्यनका भिडालले रातो कार्ड पाएका थिए भने रोनाल्डोले ह्याट्रिक गर्न भ्याए । खेलमा बार्यन म्युनिखले अग्रता लिएपनि परिणाम जोगाउन सकेन ।

यस्तै लिसेस्टरलाई हराउँदै एथ्लेटिको मड्रिड पनि सेमिफाइनलमा पुगेको छ ।

राति नै भएको दोस्रो लेग १-१ को बराबरीमा सकिए पनि पहिलो लेगमा निकालेको १-० को जितले एथ्लेटिकोलाई अघिल्लो चरणमा पुर्‍याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.