Breaking News.... EverestOnlineKhabar
April 29, 2026

बैशाख ३१ मा एकै चरणमा निर्बाचन गर्ने दलहरुको अठोट

Loading

संसदमा रहेका मूख्य पाँच दलले स्थानीय तहको निर्वाचन वैशाख ३१ मै एकै चरणमा गर्ने अठोट गरेका छन् ।

वैशाख ३१ का लागि तोकिएको वैशाख ३१ को मिति बहिष्कार गर्ने र बिथोल्ने गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेपछि बसेको पाँच प्रमुख दलका नेताले निर्वाचन गरेरै छाड्ने निष्कर्ष निकालेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकको बैठकले निर्धारित वैशाख ३१ को चुनाव नसार्ने र सोही मितिमा गर्ने अठोट व्यक्त गर्दै मोर्चालाई मनाउन अन्तिमसम्मै प्रयास गर्ने निर्णय पनि गरेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई कसरी सहमतिमा ल्याउने र कसरी चुनाव सम्पन्न गर्ने भन्नेबारेमा दलका नेताहरुको धारणा मागेका थिए ।

उनले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्न सकिन्छ कि सकिन्न भन्नेमा पनि राय मागेका थिए । बैठकपछि गृहमन्त्री विमलेन्द्र निधिले बैशाख ३१ गते नै चुनाव गरिने भन्दै कुनै भ्रममा नपर्न आग्रह गरे ।

मधेसी मोर्चा यदि आउनसक्ने सम्भावना छ भने दुई चरणमा भएपनि चुनाव गराउन सकिन्छ कि भन्नेमा नेताहरुबीच छलफल चाहिँ भएको उनले बताए ।

गृहमन्त्री निधिले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकिएको भन्दै सुरक्षामा कुनै कमजोरी नरहने प्रष्ट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed