![]()
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल जापानमा अध्यागमन विभागको २० घण्टा नियन्त्रणपछि नेपाल फर्किएका छन । भ्रातृसंगठन प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका पौडेललाई त्यहाँको अध्यागमन बिभागले २० घण्टा नियन्त्रणमा लिंदै स्वदेश फिर्ता पठाएको हो ।
लगातारको अनुसन्धानपछि जापान आमन्त्रण गर्नुको औचित्य नभेटेको र प्रतिबन्धित कागजात भेटेका कारण पौडेललाई जापानको अध्यागमनले बिमानस्थलबाटै स्वदेश फिर्ता पठाएको हो । नेता पौडेलसँग भ्रमणको उद्देश्य पूरा गर्ने आधार नभेटेपछि स्थानीय अध्यागमनले नेपाल फिर्ता पठाएको हो ।
जापानस्थित नेपाली दूतावासले पौडेललाई जापानमा आयोजित कार्यक्रममा सहभागी हुन दिन गरेको आग्रह अध्यागमनले अस्वीकार गरेको जनाएको छ । जनसम्पर्क समितिले युवानेता पौडेललाई जापान प्रवेशका लागि अनेक प्रयास गर्दा पनि अध्यागमनले अस्वीकार गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्पर्क गरेको थियो । देउवाले फोन गरेको–नगरेको बारे भने केही बताइएको छैन । पौडेलसँगै कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ पनि साथमै थिए । गुरुङसँग रातो राहदानी भएपछि तत्काल छाडे पनि पौडेललाइ फरकस्थानमा लगिएको थियो ।


