Breaking News.... EverestOnlineKhabar
June 6, 2026

हङकङलाई हराउँदै नेपाल एसीसी यू १९ इस्टर्न रिजनल च्याम्पियन, एशिया कपमा पनि छनौट

Loading

काठमाडौं । १९ वर्षमुनिको एसीसी पूर्वीय छनोट क्रिकेट प्रतियोगिता नेपालले जितेको छ । मलेसियामा आइतवार भएको फाइनलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको हो । यो उपाधिसँगै नेपाल यु १९ एसिया कपका लागि छनोट भएको छ ।

आगामी नोभेम्बरमा मलेसियामै हुने उक्त प्रतियोगितामा नेपालले टेष्ट मान्यता प्राप्तहरु राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफ्गानिस्तान सम्मिलित टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आयोजक मलेसिया र पश्चिम छनोट खेलका विजेता टोली पनि समावेश हुने एसीसीले जनाएको छ । सात पटक यु १९ को विश्वकप खेलिसकेको नेपालको लागि पूर्वीय छनोट प्रतिस्पर्धा सहज ठानिएको थियो । सोही अनुरुप नेपालले प्रतियोगितामा अपराजित रही उपाधि जित्न सक्यो ।

सो क्रममा नेपालले समूह चरणमा भुटान, थाइल्याण्ड र सिंगापुरलाई तथा सेमिफाइनलमा मलेसियालाई सहजै पराजित गरेको थियो ।
आइतवार फाइनलमा टस हारेर ब्याटिङ पाएको हङकङ नेपाली बलिङसामु निरीह रह्यो । हङकङले ३२ दशमलव १ ओभरमा ’अलआउट’ हुँदै ७६ रन मात्र बनाउन सक्यो ।

परम्परागत रुपमा बलिङमा उत्कृष्ट मानिएका नेपाली युवा खेलाडीहरुले उनीहरुलाई खुलेर खेल्न दिएनन् ।  नेपालका लागि सन्दीप लामिछाने र साहब आलमले ३ र ३ विकेट लिएर विपक्षीलाई रन जोड्न बाट रोकेका थिए । नेपालले १४.१ ओभरमा ५ खेलाडी गुमाई लक्ष्य पूरा गर्यो । नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे भने सन्दीप सुनार र प्रनित थापा मगरले समान १९ रन जोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed